Wednesday, June 19, 2024
घरसमाचारगिरीश गिरी कसको उम्मेदवार ?

गिरीश गिरी कसको उम्मेदवार ?

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, २२ वैशाख ।
चुनाव लड़ने हरेक नागरिकको अधिकार भए तापनि चुनावी सरगर्मीमा उत्रेका हरेक पात्रको पक्षमा नागरिकहरूले अनेक शंका उपशंका गर्ने गरेको तथ्य कुनै नयाँ होइन ।

यतिखेर स्व. गोपाल गिरीका सुपुत्र गिरीश गिरीको उम्मेदवारीलाई वीरगंजका नागरिकहरूले शंकाको दृष्टिकोणले हेर्न थालेका छन् । गिरीश गिरी चुनाव नै लड्न नहुने त्यस्तो क़ुरा त होइन ।

उनी चुनाव लड्न र वीरगंजको मेयर हुन योग्य व्यक्ति हुन त्यसमा कुनै शंका छैन । तर मनोनयन दर्ता हुनु २४ घण्टा अगाड़ी वीरगंज आएर निवर्तमान मेयर विजय सरावगीका व्यपारिक साझेदार….को बुहारीलाई उपमेयर र आफूलाई मेयरमा किन दर्ता गराए यो प्रश्नको विषय बनेको छ ।

वीरगंजका पूर्व मेयर विजय कुमार सरावगी व्यवस्थापन मामलामा दख्खल राख्ने व्यक्ति हुन्, त्यही अनुसार उनको “डिल” अन्तर्गत गिरीश गिरी उम्मेदवार भएर वीरगंजमा प्रस्तुत भएको बताइन्छ ।

गठबन्धनको कारणले राजेशमान सिंह वीरगंज महानगरपालिकाको मेयर पदकालागि अहिलेको परिवेशमा भारी उम्मेदवार भएकोमा शंका गर्ने कुनै ठाउँ छैन । तर पहाड़ी समुदायको भोटलाई तितर वितर गर्न सकेको खण्डमा आफूलाई झिनो मतले विजयी हुने कुरामा विश्वस्त भएकोले सरावगीको इशारामा गिरीश गिरी चुनाव लड्न आएको बताइन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -