Tuesday, June 18, 2024
घरसमाचारराजनीतिमलाई जिताउनुस्, वडा नं. ६ लाई उत्कृष्ट र नमूना वडा बनाएर देखाउँछु:...

मलाई जिताउनुस्, वडा नं. ६ लाई उत्कृष्ट र नमूना वडा बनाएर देखाउँछु: दीना गुप्ता

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, २१ वैशाख/
नेपाली काँग्रेसबाट वड़ा नम्बर ६ को वडा वडाध्यक्षको उम्मेदवार बनेका दीना प्रसाद गुप्ताले आफू वडाध्यक्ष पदमा निर्वाचित भए वडा नं. ६ लाई उत्कृष्ट र नमूना वडा बनाएर देखाउने दाबी गर्नु भएको छ ।

चन्द्रसूर्य वाणी प्रतिनिधिसँग बुधबार क़ुरा गर्नु हुँदै वडाध्यक्ष उम्मेदवार दीना गुप्ताले आफू वडाध्यक्ष पदमा निर्वाचित भए पश्चात सार्वजनिक शुलभ शौचालय, गरीब र लक्षित वर्गका विद्यार्थीकालागि छात्रबृत्ति, जेष्ठ नागरिकलाई सहज बृद्धभत्ता देखि लिएर बड़ावासीलाई चाहिने अत्यावश्यक सेवालाई सर्वशुलभ र छिटो प्रदान गरिने संरचना तयार पार्ने योजना रहेको बताउनु भयो ।

यस अघि पनि दुई पटक वडाध्यक्ष पदमा निर्वाचित भइ उल्लेखनीय काम गरेको दाबी गरेका गुप्ता यतिबेला गहवा माइस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष छन् ।

गुप्ताले वडावासीहरू आफूलाई नै मत प्रदान गरि निर्वाचित गर्नेछन् भन्नेमा ढुक्क भएको बताएका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -