Tuesday, June 18, 2024
घरसमाचारराजनीतिवीरगंज महानगर: उपप्रमुखकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्रलाई "गुलाफको फूल" चुनाव चिन्ह प्रदान

वीरगंज महानगर: उपप्रमुखकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्रलाई “गुलाफको फूल” चुनाव चिन्ह प्रदान

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १८ वैशाख/ वीरगंज महानगरपालिकाको उप प्रमुख पदमा उम्मेदवारी दिनु भएकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्रलाई निर्वाचन आयोगले चुनाव चिन्ह “गुलाफको फूल” प्रदान गरेको छ ।

निर्वाचन समय तालिका अनुसार स्वत्रन्त्र उम्मेदवार मिश्रलाई आयोगले शनिवार “गुलाफको फूल” चुनाव चिन्ह प्रदान गरेको हो ।

वीरगंज महानगरको चुनावमा गठबन्धन गरेका दलहरुले कुनै पनि महिला उम्मेदवारलाई उप प्रमुख अर्थात उप मेयरमा उम्मेदवार नबनाए पछि रम्भा मिश्रले स्वतन्त्र रुपमैं उम्मेदवारी दर्ता गराएकी थिइन ।

अन्य दलले महिला अधिकारको क़ुरा नारामा मात्र सीमित गरेको समयमा साहसका साथ उप प्रमुखमा मिश्रको उम्मेदवारी परेपछि सम्पूर्ण दलका महिलाहरूले रम्भा मिश्रलाई सघाउने मनसाय बनाएको चर्चा वीरगंज क्षेत्रमा चलिरहेको सुनिन्छ ।

शनिवार चुनाव चिन्ह पाएपछि रम्भा मिश्रले “गुलाफको फूल”मा मतदान गरि आफूलाई विजयी गराउन महानगरवासीसँग अनुरोध गर्नु भएको छ ।

मिश्रले भन्नु भएको छ, ” सबैमा मेरो नमस्कार 🙏 !
आसन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरको उपमेयर पदमा स्वतन्त्र तर्फ उम्मेदवारी दिएकोमा “गुलाफ” चुनाव चिन्ह पाएको छु ।

दलभन्दा माथि उठेर यहाँहरुको सेवाका लागि मैले दिएको उम्मेदवारीलाई जीतमा परिणत गर्न यहाँहरुले गुलाफ चिन्हमा मतदान गरेर आफ्नो माया र आशिर्वाद दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”🙏🙏

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -