२०८३ बैशाख २६ गते, शनिबार १२:१८

वीरगंज वडा नं. ५ मा हुकुम सिंह साझा उम्मेदवार

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १७ वैशाख । यहि वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. ५ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुकुम सिंह साझा उम्मेदवारको रुपमा देखा परेका छन् ।

लामो समयदेखि काँग्रेस पार्टीमा आवद्ध भई जनताको सुख-दुःखमा सदैव तत्पर रहँदै आएका हुकुम सिंह स्थानीय तह निर्वाचन २०७९ मा नेपाली काँग्रेस पार्टीको तर्फबाट उम्मेदवारी दिएको भएपनि सिंहको विगत देखिका समर्पणका कारण विभिन्न पार्टीका साझा उम्मेदवारको रुपमा देखा परेको स्थानीयहरू बताउँछन् ।

घरदैलो अभियानमा वडा नं. ५ का अध्यक्ष पदका उम्मेदवार हुकुमसिंह

लोकप्रिय, मृदुभाषी, मिलनसार एवं जनप्रिय नेता हुकुम सिंहको उम्मेदवारीले वीरगंज महानगरपालिका वडा नं‍.५ का बासिन्दाहरु उत्साहित देखिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM