Tuesday, June 18, 2024
घरसमाचारजसपामाथि औंला उठाउनेको औंला भाँच्छौः राजेशमान सिंह "मेयर उम्मेदवार" भिडियोसहित

जसपामाथि औंला उठाउनेको औंला भाँच्छौः राजेशमान सिंह “मेयर उम्मेदवार” भिडियोसहित

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १६ वैशाख/ वीरगंज महानगरपालिकाको नगर प्रमुखका उम्मेदवार राजेशमान सिंहले जनता समाजवादी पार्टी नेपालमाथि औंला उठाउनेहरुको औंला भाँचिने चेतावनी दिएका छन् ।

केही दिन अघि पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक मञ्चबाट मन्तव्य दिने क्रममा राजेशमान सिंहले सो कुरा बताउनु भएको हो ।

सो कार्यक्रममा राजेशमानसिंहले युवाहरुलाई उक्साउँदै भने, म खासगरेर युवा कार्यकर्ता मित्रहरुलाई भन्न चाहन्छु कि कसैको डर धाक र धम्कीले डराउनु पर्ने आवश्यकता छैन । मैले जस्तो देउता त्यस्तै पूजा गर्न जानेको छु । एउटा गालामा हान्दा अर्को गाला थाप्ने गान्धीको सिद्धान्त पनि म मान्दिन । कसैले औंला उठाउँछ भने त्यसको औंला भाँच्न ताकत पनि जसपासँग छ ।”

सभ्य र सुसँस्कृत महानगर निर्माणको सपना देखेका आम नगरवासीहरु वीरगंज महानगरको मेयर पदका उम्मेदवार राजेशमान सिंहको यस्तो उत्तेजक प्रतिक्रिया सुनेर चकित भएका छन्, चुनाव नजित्दै यस्तो धम्कीको भाषा बोल्नेले जितेपछि वा शक्तिमा आएपछि आफ्नो र टिमको गलत क्रियाकलापको विरोध गर्नेलाई के गर्ने हुन् ? यो चेतावनीपूर्ण भाषणले नै प्रष्ट पार्छ, हैन र ?
हेर्नुस् भिडियो

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -