२०८३ बैशाख ५ गते, शनिबार १२:०७

राप्रपाका उम्मेदवारले भ्रष्टाचार नगर्ने सपथ खाए

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रा) हेटौँडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका छन् ।

हेटौँडा मेयर पदका उम्मेदवार दिपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारलाई हेटौँडा–४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिकरुपमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भनेर सपथ लिएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नवराज विष्टले सपथ ग्रहण गराएका थिए ।

मेयरका उम्मेदवार सिंहले हेटौँडाको विकासमा समर्पित भइ यहाँकाे सुनौलो भविष्यको लागि आफूले निःस्वार्थ योगदान गर्ने बताए । उपमेयरकी उम्मेदवार न्यौपानेले हेटौँडाको मुहार फेरिने दाबी गरिन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM