वीरगंजवासीहरू फोहोरी र गैरजिम्मेवार छन् : सरावगी

0
435

चन्द्रसूर्य समाचारदाता/
वीरगंज,
वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले वीरगंज महानगरवासीलाई फोहोरी, अशिष्ट, असभ्य र गैरजिम्मेवार भएको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

विहीबार एउटा टिभी कार्यक्रमको सार्वजनिक मञ्चबाट नगर प्रमुख सरावगीले महानगरवासीमाथि त्यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रममा दर्शक दीर्घाबाट महानगरले फोहोरको उचित व्यवस्थापन नगर्दा वीरगंजका हरेक चोक र गल्ली दुर्गन्धित भइरहेको गुनासो आएपछि सरावगीले “फोहोर महानगरवासीले गर्ने तर सफा पालिकाले गरीदिनु पर्ने ?” भन्दै वीरगंज महानगरवासीले नै फोहोर र दुर्गन्धित वीरगंजको जिम्मेवारी लिनु पर्ने बताए ।

महानगरले वीरगंजबासीसँग सरसफाई, बहाल, घरजग्गा, फोहोर व्यवस्थापनलगायत अनेकौं शीर्षकमा चर्को कर असुल्ने तर ती शीर्षकमा तिरेको करको लाभ जनताले लिन नसकेको गुनासो आउँदा उल्टै महानगरवासीलाई फोहोरी, गैरजिम्मेवार र असभ्यको संज्ञा दिएपछि नगरवासीहरू आक्रोशित छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्