Wednesday, June 19, 2024
घरविचारसार्वजनिक चासोनेवारे दामासाही

नेवारे दामासाही

– हरि मञ्जुश्री
पहिले–पहिले पूर्वी पहाडका गाउँघरतिर ‘नेवारे दामासाही’ भन्ने शब्दावली प्रचलित थियो । धनीमानी बाहुन–छेत्रीको भान्सामा ठूला र कमाउने मान्छेलाई बेग्लै, घरैका तर कमाउन नसक्नेलाई बेग्लै, बुहारीहरूका लागि बेग्लै र हली–खेतालाका लागि बेग्लै खालको खाना तयार गरिन्थ्यो । अनि मिठो–मसिनु खान नपाउनेहरू ‘नेवारे दामासाही हुनुपर्छ’ भन्थे । नेवार परिवारमा उनीहरूको परिवार जतिसुकै ठूलो भए पनि भान्सामा पाकेको चीज कसैलाई भेदभाव नगरीकन सबैलाई दामासाहीले बराबरी बाँडेर खाइँदो रहेछ । त्यसैले खाने चीज सबैलाई बराबर बाँड्नुपर्छ भन्ने अर्थमा ‘नेवारे दामासाही’ शब्दावली प्रयोग गरिएको रहेछ । त्यसो गर्दा कमाउन सक्ने, कमाउन नसक्ने, छोराछोरी, सासूबुहारी, हली–खेताला, अरू कामदार जोसुकैले खाने खानामा अन्तर पर्दो रहेनछ । हली–खेतालालाई भाग लगाउँदा पनि घरमूलीले खाने चीज नै भाग लाग्दो रहेछ । त्यही रहेछ ‘नेवारे दामासाही’ । पूर्वी पहाडका धनीमानी बाहुन–छेत्रीले धुलिखेल, पाटन, भक्तपुर, काठमाडौँबाट व्यापारका लागि पूर्व लागेका नेवारहरूबाट खाने चीजमा दामासाही गराउन सिकेका रहेछन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -