सशस्त्रका सात एसपी एसएसपी बढुवामा सिफारिश

0

काठमाण्डौ, ७ वैशाख ।

सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी दिइएको छ । सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा जिम्मेवारी दिइएको छ ।

सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवामा परेका छन् । यस्तै, सञ्चार तथा इन्जिनियरिङतर्फ प्रमोदकुमार साह, साधारण उपसमूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेनलाई बढुवा गरिएको छ ।

यस्तै, कानुन उपसमूहतर्फ युवराज अर्याललाई एसएसपी बढुवा गरिएको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट उनीहरु बढुवामा परेका हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्