Tuesday, June 18, 2024
घरक्राइम चेकयुवा नेता चतुर्वेदी घरदैलो अभियानमा: जनलहर बढ्दो

युवा नेता चतुर्वेदी घरदैलो अभियानमा: जनलहर बढ्दो

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ७ वैशाख/ स्थानीय तहको निर्वाचन नजिकिएसँगै वीरगंज महानगर वड़ा नं. २५ का वडाध्यक्ष पदका उम्मेदवार आशुतोष चतुर्वेदीले चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

वड़ा नं. २५ को सर्वाधिक लोकप्रिय एवं साझा नेताको रुपमा चर्चित युवा नेता चतुर्वेदीले बुधवार उल्लेख्य संख्याका कार्यकर्ता एवं सर्वसाधारण स्थानीयबासीहरूको सहभागितामा सिर्सिया स्थित मौजेटोल, खल्वाटोला र भन्सार टोलमा घरदैलो गरेका हुन ।

घरदैलोको क्रममा स्थानीय वड़ावासीहरूले नेता चतुर्वेदीलाई आफूहरुले साझा र निर्विकल्प उम्मेदवारको रुपमा लिएकोले अत्यधिक मतका साथ विजयी गराउने आश्वासन दिएका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -