बालुवाटारमा सत्तागठबन्धन को बैठक जारी

0

काठमाडौं ०६ बैशाख,

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बसेको छ।

 

आज अपरान्ह ३ बजेदेखि बैठक बसेको हो।

 

६ महानगर र ११ उपमहानगरमा भागबन्डा गर्नेबारे निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

 

६ महानगरपालिका मध्ये नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर लिनेबारे छलफल भइरहेको छ भने भरतपुर नेकपा माओवादी केन्द्रलाई, पोखरा नेकपा एकीकृत समाजवादीलाई र वीरगञ्ज जसपालाई मेयर दिनेबारे छलफल जारी रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्