Wednesday, June 19, 2024
घरसमाचारसशस्त्रका ५६ जना प्रहरी निरीक्षक १६ वर्षपछि डीएसपी बढुवामा सिफारिश (सूचीसहित)

सशस्त्रका ५६ जना प्रहरी निरीक्षक १६ वर्षपछि डीएसपी बढुवामा सिफारिश (सूचीसहित)

काठमाण्डौ । सशस्त्र प्रहरीका ५६ जना इन्सपेक्टर डीएसपी बढुवा लागि सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सोमबार सांझ बसेको बैठकले ५६ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।

डीएसपीमा बढुवा भएका इन्सपेक्टरहरु १६ वर्षमा बढुवा भएका हुन् ।

बढुवा भएका डीएसपी सिसम ६ का अधिकृतहरु हुन् । इन्सपेक्टर विनोद कार्की डीएसपीमा एक नम्बरमा बढुवा भएका छन् भने अन्तिममा फनेन्द्र शाही परेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी महानिरिक्षक नियुक्त भएसंगै सशस्त्रमा बढुवा प्रक्रिया अघि बढेको हो ।

यसअघि सशस्त्रमा रिक्त एक एआईजी पदमा डीआईजी राजु अर्यालको बढुवा सिफारिस भइसकेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -