Thursday, November 28, 2024
घरसमाचारराजनीतिसूर्य विनायक नपाको उपप्रमुखमा मीना ढकालको चर्चा, टिकट दिए जित्ने सम्भावना बढी

सूर्य विनायक नपाको उपप्रमुखमा मीना ढकालको चर्चा, टिकट दिए जित्ने सम्भावना बढी

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, ४ वैशाख/

स्थानीय तहको आसन्न निर्वाचनमा भक्तपुरको सूर्य विनायक नगरपालिकाको उप प्रमुख पदमा चर्चित एवं लोकप्रिय व्यक्तित्व मीना ढकालको उम्मेदवारीको चर्चा चलेसँगै नगरवासीहरू उत्साहित भएका छन् ।

लामोसमयदेखि समाजिक एवं राजनीतिक क्षेत्रमा कृयाशील भई जनताहरूमाझ लोकप्रियता कमाएकी मीना ढकाललाई नेपाली काँग्रेस पार्टीको तर्फबाट सूर्य विनायक नगरपालिकाको उपप्रमुख पदमा टिकट दिइने हो भने लोकप्रियताको आधारमा उनले चुनाव जित्न सक्ने संभावना धेरै नै रहेको स्थानीय नगरवासीहरू बताउँछन् ।

मीना ढकाल काँग्रेस पार्टीभित्र मात्र नभई स्थानीय स्तरमा सबैमाझ लोकप्रिय अनुहार भएकाले एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी, राप्रपा लगायत विभिन्न दलहरूबीचको एकमात्र साझा उम्मेदवारको रुपमा देखा परेकोले नेपाली काँग्रेस पार्टीले ढकाललाई उपप्रमुखको उम्मेदवार बनाउनु पर्ने काँग्रेसीहरू बताउँछन् ।

नेपाली काँग्रेस नातावाद, कृपावाद, व्यक्तिगत लविङ इत्यादीलाई महत्व नदिई दक्ष एवं जनतामाझ लोकप्रिय र साझा व्यक्तित्व, दक्ष, कृयाशील, उच्च इच्छाशक्ति, कार्यक्षमता इत्यादी भएका परिचित उम्मेदवार खडा गर्ने हो भने उपप्रमुख (उपमेयर) मात्र नभई मेयर र यसपछि हुने अन्य चुनावमा पनि काँग्रेस पार्टीले राम्रो स्थान हासिल गर्न सक्ने काँग्रेसीजनको राय रहेको छ ।

विगतको चुनावमा पार्टीले व्यहोर्नुपर्ने हार एवं क्षतिबाट पाठ सिक्दै यहि वैशाख ३० गते हुन लागेको चुनावमा टिकट वितरण गर्दा अति नै गम्भीर भएर निर्णय लिनुपर्ने काँग्रेसीहरू बताउँछन् ।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -