Wednesday, June 19, 2024
घरसमाचारवरिष्ठ पत्रकार पाण्डेलाई पितृशोक

वरिष्ठ पत्रकार पाण्डेलाई पितृशोक

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २ वैशाख/ वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेलाई पितृशोक परेको छ ।

धादिङ घर भई थानकोट बस्दै आउनु भएका वरिष्ठ पत्रकार सुदर्शन राज पाण्डेका पिता श्री भीम केशर पाण्डेको ८५ वर्षको उमेरमा हिजो वैशाख १ गते बिहिवारका दिन विहान १० बजे काठमाण्डौको कलंकीमा निधन भएको पत्रकार पाण्डेले बताउनु भयो ।

स्वर्गीय पाण्डेका ५ जना छोरा रामराजा पाण्डे, सुदर्शन राज पाण्डे, श्यामराजा पाण्डे, हरिराजा पाण्डे र स्व. भाइराजा पाण्डे हुन भनें सरला पाण्डे र विद्या भट्ट दुई छोरी छन् ।

सनातनी परम्परा अनुसार वैशाख १ गतेकै दिन अन्त्येष्टी गरिएको सुदर्शन राज पाण्डेले बताउनु भयो ।

चन्द्रसूर्य वाणी दैनिक र क्राइम चेक साप्ताहिक परिवार उनको निधन प्रति गहिरो दुःख प्रकट गर्दै मृतकको आत्माको वैकुण्ठ वासको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै गहिरो संवेदना प्रकट गर्दछ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -