Tuesday, June 18, 2024
घरसामाजिक संजालनयाँ वर्षका पुराना समस्या - कहिले घटाउने २४ दिन ?

नयाँ वर्षका पुराना समस्या – कहिले घटाउने २४ दिन ?

– सुनिल उलक

धेरैलाई लाग्न सक्छ यो सम्बत नै हाम्रो मौलिक र परम्परा देखी चल्दै आएको सम्बत हो । तर होइन, यो सम्बतको आजको प्रारुपको शुरुवात त चन्द्रशम्शेरले देशमा ज्योतिषहरूको ठूलो सम्मेलन गराइ बि.सं. १९६१ मेष संक्रान्तीलाई नयाँ वर्षको शुभारम्भ गराउदै यसै सम्वतलाई राष्ट्रिय सम्वतको रूपमा स्विकार गर्ने निर्णय गरिएको थियो । सो समय देखी बिक्रम सम्वतले मात्र पूर्ण मान्यता पाउदै आएको छ । त्यो भन्दा पहिले शुदि अर्थात शुक्ल पक्ष र वदि अर्थात कृष्ण पक्षले दिनहरू छुट्याउने गरिन्थ्यो । कतिपय इतिहासकारले यहि तिथीलाई गते मानेर गलत मिती निर्धारण गरेको पाउँछौ । त्यो भन्दा अगाडी नेवारी सम्वत तथा शक सम्वत पनि प्रयोग गर्दथे ।

बिक्रम सम्बत वास्तवमा भारत उज्जैनका राजा बिक्रमादित्य (वास्तविक नाम राजा बिक्रम) ले शुरुवात गराएका थिए । नेपालमा समय समयका शिलालेख तथा ताम्रपत्रहरुमा बिक्रम सम्वतको उल्लेख भएको भेटिए पनि आधिकारिक रुपमा उपत्यकाका कुनै पनि राज्यले आफ्नै सम्बतको रुपमा बिक्रम सम्वतलाई स्विकारेका थिएनन् ।

नेपालमा शक सम्वत र नेपाल सम्वतको प्रचलन भने प्राय भइरहेकै थियो । राणाकालको शुरुबाट नै बिक्रम सम्बत चलाउन थालिए पनि यसमा धेरै अप्ठेराहरु थिए । चन्द्रमासको आधारमा शुरु गरिएको बिक्रम सम्वतमा चन्द्रमासका शुक्ल पक्षका दिनहरुलाई सुदि १ देखी १५ सम्म तथा कृष्ण पक्षका दिनहरुलाई वदि १ देखी १५ भनिन्थ्यो । जसले गर्दा साल केवल ३६० दिनको हुने गर्दथ्यो । हरेक तिन वर्षमा बन्ने पुरुषोत्तम मासले गर्दा कर्मचारीलाई १३ महिनाको तलव दिनु पर्ने बाध्यता हुन थाल्यो । जसले गर्दा चन्द्रशम्शेरले देशभरिका प्रमुख ज्योतिषहरुको भेला गराएर सहज निर्णय गर्न लगाए । जसको फलस्वरुप ज्योतिषिय निर्णयलाई सर्वस्विकार्य बनाउदै बिक्रम सम्बतको नयाँ प्रारुप तैयार गराए । सूर्यचक्रलाई राशी अनुसार बिभाजन भएकै ज्योतिषिय पद्धति स्विकार्दै बाह्र राशिका बाह्र महिना बिभाजन भए ।

जस अनुसार हरेक सालको पहिलो दिन बैशाख १ गते मेष राशीमा प्रबेश गर्ने दिनबाट गणना गर्ने गरि नवबर्षको घोषणा गर्ने भयो भने महिनाका दिनहरु थपघट हुने गरि मिलाइयो । कार्तिक देखी फागुनसम्मका महिना २९ वा ३० दिन हुने । चैत र बैशाख ३० वा ३१ दिनका हुने । जेठ देखी भदौसम्मका महिना ३१ वा ३२ दिनका हुने र असोज ३० वा ३१ दिनको हुने गरि चन्द्र मासका अप्ठेराहरुलाइ सहज बनाइयो ।

चन्द्रशम्शेरको समयमा बनाइएको बिक्रम सम्बत नै अध्यावधी चलिरहेको छ । तर पनि हामी २४ दिनले ढिला भएका छौ । केही ज्योतिषहरुको सुझावमा २०६६ सालको चैत्र महिना हटाउने प्रतिवेदन सरकारलाई बुझाइए पनि सो कार्यान्वयन हुन सकेन । अहिले हामी २४ दिन २ घण्टा ढिला छौ । वास्तवमा हामीले चैत्र ७ गते नै नयाँ वर्ष मनाइसक्नु पर्ने थियो ।

पात्रोमा आउने समस्याको समाधानका लागि पहिलो पटक सन १५७७ मा पोप ग्रेगरी तेह्रौले भौतिकशास्त्री Aloysius Lilius तथा खगोलविद् Christopher Clavius लाई लगाएका थिए । उनिहरूले पाँच वर्ष लगाएर एउटा समाधानको बाटो निकाले । जस अनुसार फेब्रुवरी २४, १५८२ मा नयाँ नियम तैयार गरि मार्च २५ मा मनाउदै आएको नयाँ वर्षलाई जनवरी १ मा सारे । साथै हरेक ४ वर्षमा फेब्रुवरी २९ दिनको हुने नियम बनाए, तर चार सयले भाग खानेमा बाहेक अन्य सयले भाग खानेमा भने २८ दिनकै बनाए । सन ३२०० मा फेब्रुवरी ३० दिनको हुने पनि सोचियो । त्यो भन्दा पहिले जुलियस सिजरले शुरु गरेको जुलियन क्यालेन्डरलाई छोडेर नयाँ ग्रेगरियन क्यालेण्डरको शुरुवात गरे ।

ब्रिटेनलाई यसमा अझै चित्त बुझेन, १७५२ सम्म उसले यसलाई मानेन । अन्तत ब्रिटेनले The Calendar (New Style) Act of 1750 को कानुन बनाएर उसले यस भन्दा अगाडी गरिएको एक वर्षमा ३६५ दिन ६ घण्टा मानिएकोमा प्रत्येक साल बढी भएको ११ मिनेटले हुन आएको ११ दिनलाई एक साथ घटायो । यसरी सन १७५२ को सेप्टेम्बर महिनामा २ तारिखको भोलीपल्ट १४ तारिख बनाइयो । जसले गर्दा एकैचोटि एघार दिन हराउँदा धेरै मानिस आश्चर्यित भए तर त्यो बेला ब्रिटेनको सरकारले बिज्ञप्ती निकाल्यो । जस अनुसार निकै समय देखी विवादमा रहेको समस्यालाई सदाको लागी समाधान गरेको थियो ।

यस्तै फ्रान्सले सोही वर्ष ९ डिसेम्वरको भोलिपल्ट २० डिसेम्वर बनायो । पोल्याण्डले सन १६१२ मा २२ अगष्टको भोलिपल्टलाई २ सेप्टेम्वर बनायो । डेनमार्क तथा नर्वेले सन १७०० मा फेब्रुवरी १८ को भोलिपल्ट मार्च १ बनायो । अमेरिकाले सन १८६७ को ७ अक्टोवरको दिउसो १२ बजे पछि १८ अक्टोवर बनायो । सोवियत संघले ग्रेगरियन क्यालेण्डरलाई स्विकार्दै सन १९१८ मा फेब्रुवरी १ को भोलिपल्ट फेब्रुवरी १४ तारिख बनाएको थियो ।

यसरी यूरोपियन तथा अमेरिकाले स्विकारेको ग्रेगरियन क्यालेण्डरलाई ब्रिटिस साम्राज्यमा नरहेको एशियाली मुलुकले पनि बिस्तारै स्विकारेको थियो । जापानले सन १८७३ मा स्विकारेको थियो भने कोरियाले १८९५ मा स्विकारेको थियो । चीनले सन १९१२ बाट स्विकार गरेको थियो ।

तर हाम्रो पात्रोमा नमिलेको सूर्य वर्षका २४ दिन तथा चन्द्र वर्षको एक महिना कहिले मिलाउने हो ।

(उलकको फेसबुक वालबाट साभार)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -