२०८२ माघ २६ गते, सोमबार ११:४७

नयाँ वर्षका पुराना समस्या – कहिले घटाउने २४ दिन ?

– सुनिल उलक

धेरैलाई लाग्न सक्छ यो सम्बत नै हाम्रो मौलिक र परम्परा देखी चल्दै आएको सम्बत हो । तर होइन, यो सम्बतको आजको प्रारुपको शुरुवात त चन्द्रशम्शेरले देशमा ज्योतिषहरूको ठूलो सम्मेलन गराइ बि.सं. १९६१ मेष संक्रान्तीलाई नयाँ वर्षको शुभारम्भ गराउदै यसै सम्वतलाई राष्ट्रिय सम्वतको रूपमा स्विकार गर्ने निर्णय गरिएको थियो । सो समय देखी बिक्रम सम्वतले मात्र पूर्ण मान्यता पाउदै आएको छ । त्यो भन्दा पहिले शुदि अर्थात शुक्ल पक्ष र वदि अर्थात कृष्ण पक्षले दिनहरू छुट्याउने गरिन्थ्यो । कतिपय इतिहासकारले यहि तिथीलाई गते मानेर गलत मिती निर्धारण गरेको पाउँछौ । त्यो भन्दा अगाडी नेवारी सम्वत तथा शक सम्वत पनि प्रयोग गर्दथे ।

बिक्रम सम्बत वास्तवमा भारत उज्जैनका राजा बिक्रमादित्य (वास्तविक नाम राजा बिक्रम) ले शुरुवात गराएका थिए । नेपालमा समय समयका शिलालेख तथा ताम्रपत्रहरुमा बिक्रम सम्वतको उल्लेख भएको भेटिए पनि आधिकारिक रुपमा उपत्यकाका कुनै पनि राज्यले आफ्नै सम्बतको रुपमा बिक्रम सम्वतलाई स्विकारेका थिएनन् ।

नेपालमा शक सम्वत र नेपाल सम्वतको प्रचलन भने प्राय भइरहेकै थियो । राणाकालको शुरुबाट नै बिक्रम सम्बत चलाउन थालिए पनि यसमा धेरै अप्ठेराहरु थिए । चन्द्रमासको आधारमा शुरु गरिएको बिक्रम सम्वतमा चन्द्रमासका शुक्ल पक्षका दिनहरुलाई सुदि १ देखी १५ सम्म तथा कृष्ण पक्षका दिनहरुलाई वदि १ देखी १५ भनिन्थ्यो । जसले गर्दा साल केवल ३६० दिनको हुने गर्दथ्यो । हरेक तिन वर्षमा बन्ने पुरुषोत्तम मासले गर्दा कर्मचारीलाई १३ महिनाको तलव दिनु पर्ने बाध्यता हुन थाल्यो । जसले गर्दा चन्द्रशम्शेरले देशभरिका प्रमुख ज्योतिषहरुको भेला गराएर सहज निर्णय गर्न लगाए । जसको फलस्वरुप ज्योतिषिय निर्णयलाई सर्वस्विकार्य बनाउदै बिक्रम सम्बतको नयाँ प्रारुप तैयार गराए । सूर्यचक्रलाई राशी अनुसार बिभाजन भएकै ज्योतिषिय पद्धति स्विकार्दै बाह्र राशिका बाह्र महिना बिभाजन भए ।

जस अनुसार हरेक सालको पहिलो दिन बैशाख १ गते मेष राशीमा प्रबेश गर्ने दिनबाट गणना गर्ने गरि नवबर्षको घोषणा गर्ने भयो भने महिनाका दिनहरु थपघट हुने गरि मिलाइयो । कार्तिक देखी फागुनसम्मका महिना २९ वा ३० दिन हुने । चैत र बैशाख ३० वा ३१ दिनका हुने । जेठ देखी भदौसम्मका महिना ३१ वा ३२ दिनका हुने र असोज ३० वा ३१ दिनको हुने गरि चन्द्र मासका अप्ठेराहरुलाइ सहज बनाइयो ।

चन्द्रशम्शेरको समयमा बनाइएको बिक्रम सम्बत नै अध्यावधी चलिरहेको छ । तर पनि हामी २४ दिनले ढिला भएका छौ । केही ज्योतिषहरुको सुझावमा २०६६ सालको चैत्र महिना हटाउने प्रतिवेदन सरकारलाई बुझाइए पनि सो कार्यान्वयन हुन सकेन । अहिले हामी २४ दिन २ घण्टा ढिला छौ । वास्तवमा हामीले चैत्र ७ गते नै नयाँ वर्ष मनाइसक्नु पर्ने थियो ।

पात्रोमा आउने समस्याको समाधानका लागि पहिलो पटक सन १५७७ मा पोप ग्रेगरी तेह्रौले भौतिकशास्त्री Aloysius Lilius तथा खगोलविद् Christopher Clavius लाई लगाएका थिए । उनिहरूले पाँच वर्ष लगाएर एउटा समाधानको बाटो निकाले । जस अनुसार फेब्रुवरी २४, १५८२ मा नयाँ नियम तैयार गरि मार्च २५ मा मनाउदै आएको नयाँ वर्षलाई जनवरी १ मा सारे । साथै हरेक ४ वर्षमा फेब्रुवरी २९ दिनको हुने नियम बनाए, तर चार सयले भाग खानेमा बाहेक अन्य सयले भाग खानेमा भने २८ दिनकै बनाए । सन ३२०० मा फेब्रुवरी ३० दिनको हुने पनि सोचियो । त्यो भन्दा पहिले जुलियस सिजरले शुरु गरेको जुलियन क्यालेन्डरलाई छोडेर नयाँ ग्रेगरियन क्यालेण्डरको शुरुवात गरे ।

ब्रिटेनलाई यसमा अझै चित्त बुझेन, १७५२ सम्म उसले यसलाई मानेन । अन्तत ब्रिटेनले The Calendar (New Style) Act of 1750 को कानुन बनाएर उसले यस भन्दा अगाडी गरिएको एक वर्षमा ३६५ दिन ६ घण्टा मानिएकोमा प्रत्येक साल बढी भएको ११ मिनेटले हुन आएको ११ दिनलाई एक साथ घटायो । यसरी सन १७५२ को सेप्टेम्बर महिनामा २ तारिखको भोलीपल्ट १४ तारिख बनाइयो । जसले गर्दा एकैचोटि एघार दिन हराउँदा धेरै मानिस आश्चर्यित भए तर त्यो बेला ब्रिटेनको सरकारले बिज्ञप्ती निकाल्यो । जस अनुसार निकै समय देखी विवादमा रहेको समस्यालाई सदाको लागी समाधान गरेको थियो ।

यस्तै फ्रान्सले सोही वर्ष ९ डिसेम्वरको भोलिपल्ट २० डिसेम्वर बनायो । पोल्याण्डले सन १६१२ मा २२ अगष्टको भोलिपल्टलाई २ सेप्टेम्वर बनायो । डेनमार्क तथा नर्वेले सन १७०० मा फेब्रुवरी १८ को भोलिपल्ट मार्च १ बनायो । अमेरिकाले सन १८६७ को ७ अक्टोवरको दिउसो १२ बजे पछि १८ अक्टोवर बनायो । सोवियत संघले ग्रेगरियन क्यालेण्डरलाई स्विकार्दै सन १९१८ मा फेब्रुवरी १ को भोलिपल्ट फेब्रुवरी १४ तारिख बनाएको थियो ।

यसरी यूरोपियन तथा अमेरिकाले स्विकारेको ग्रेगरियन क्यालेण्डरलाई ब्रिटिस साम्राज्यमा नरहेको एशियाली मुलुकले पनि बिस्तारै स्विकारेको थियो । जापानले सन १८७३ मा स्विकारेको थियो भने कोरियाले १८९५ मा स्विकारेको थियो । चीनले सन १९१२ बाट स्विकार गरेको थियो ।

तर हाम्रो पात्रोमा नमिलेको सूर्य वर्षका २४ दिन तथा चन्द्र वर्षको एक महिना कहिले मिलाउने हो ।

(उलकको फेसबुक वालबाट साभार)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM