Wednesday, June 19, 2024
घरसमाचारराजनीतिमाओवादी केन्द्रबाट रहबर अंसारी साधारण सदस्य समेत नरहने गरि निष्काषित

माओवादी केन्द्रबाट रहबर अंसारी साधारण सदस्य समेत नरहने गरि निष्काषित

काठमाण्डौ, ३० चैत्र । नेकपा माओवादी केन्द्र पर्सा जिल्ला कमिटीले वीरगंज महानगरपालिकाका अध्यक्ष रहबर अंसारीसहित केहि नेता कार्यकर्तालाई कारबाही गरेको छ ।

अध्यक्ष अंसारीसहित उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्मादिन अन्सारीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको नेकपा माओवादी केन्द्र पर्साले जनाएको छ । ईन्चार्ज बिजय महतो र जिल्ला संयोजक रामदरश कुशवाहले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुलाई कारबाही गरेको जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साको पार्टी कार्यालय तोडफोड गर्नुको साथै जिल्लाका जिम्मेवार नेतृत्वहरुलाई गाली गलौज गराउन लगाएर देशी तथा विदेशी प्रतिक्रियावादीहरुको ईशारामा पार्टीलाई बदनाम गरेकाले उनीहरुलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय चुनावमा समेत धक्का पार्ने, अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने कार्य गरेको आरोप उनीहरु माथि लगाइएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -