२०८३ बैशाख २६ गते, शनिबार १४:५१

नेपालका अरु दलका नेता-कार्यकर्ताले पनि राजा नै ठीक भन्न थाले

काठमाण्डौ, २५ चैत्र/
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्थाले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले राजसंस्था ठिक रहेको भन्न थालेको बताएका छन् ।

काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले २०४६ साल देशको नेतृत्व लिएका कांग्रेस, एमाले र माओवादीले मुलुकलाई असफल बनाउन लागेको आरोप लगाएका हुन् ।

देशलाई असफल बनाउन लागेको देखेका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले देशमा त राजतन्त्र नै चाहिने रहेछ भनेर भन्न थालेको उनले बताए । उक्त तीन दललाई फेरि पनि निर्वाचित गराएमा देश श्रीलंका, युक्रेनजस्तो हुने भन्दै उनले राप्रपालाई निर्वाचित गराउन आग्रह गरे ।

‘कांग्रेस, एमाले , माओवादीलाई अब कति समय दिए, देश बनाउलान् ? अहँ अब बनाउँदैनन् । ३२ वर्षमा देशलाई असफल बनाउन लागे,’ अध्यक्ष लिङ्देनले भने, ‘अब यिनीहरुले देश बनाउँदैनन् । राप्रपालाई मत दिएर उनीहरुका बाकस (मतपेटिका) खाली गरिदिनुहोस् ।’

उनले भनें, “पानी परेको बेलामा महिला सुत्केरी हुन लागिन, कोहि बिरामी पर्यो भने सडकमा एम्बुलेन्स समेत गुड्दैन। यो बेला जनताले भन्न सक्छन , के पाप गरेर यहाँ जन्म लीइएछ। तर पाप जन्म लिएर हैन पाप त गलत नेता रोज्नाले भएको हो।”

“पानी परेको बेलामा महिला सुत्केरी हुन लागिन, कोहि बिरामी पर्यो भने सडकमा एम्बुलेन्स समेत गुड्दैन । यो बेला जनताले भन्न सक्छन्, के पाप गरेर यहाँ जन्म लिइएछ। तर पाप जन्म लिएर हैन पाप त गलत नेता रोज्नाले भएको हो। ” लिंगदेनले भने ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM