Friday, March 29, 2024
घरक्राइम चेकनेपाल रेडक्रस सोसाइटीमा भ्रस्टाचार, धाँधली

नेपाल रेडक्रस सोसाइटीमा भ्रस्टाचार, धाँधली

क्राइमचेक प्रतिनिधि /

वीरगंज, २३ चैत्र/

नेपाल रेडक्रस सोसाइटी पर्सामा धाँधली र भ्रष्टाचार भएको छ ।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष एवं पदपूर्ति समितिका संयोजक वीरेन्द्र राज कंडेलले रिक्त पद पियन र अधिकृतमा नियुक्ति गर्दा विधि, प्रक्रिया मिचेर स्थानीय व्यक्ति र प्रतिष्पर्धालाई मिचेर बदनीयतपूर्ण सेटिंगका आधारमा नियुक्ति गरिएको भन्दै विरोध भएको छ ।

सात जनामध्ये पाँच जनाले लिखित परीक्षा दिएकोमा केन्द्रिय प्रतिनिधि र सभापति कंडेल मिलेर भक्तपुर निवासी महिलालाई अधिकृत र मधुवन मथवल की एक महिलालाई पियनमा नियुक्त गरिएको र सिंह थरका एकजना प्रतिस्पर्धीको परीक्षा रद्द गरिएको थियो । परीक्षा रद्द किन गरियो भनेर पीड़ित व्यक्तिले प्रश्न उठाउँदा सभापति कंडेलले चित्त नबुझे सिडियो अफिसमा उजुरी गर्नुहोस् भन्ने जवाफ दिएका थिए ।

वीरगंज महानगरपालिका पर्साद्वारा निर्मित ब्लड बैंकमा पनि चलखेल भैरहेको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको रकम सभापति कंडेलले आफ्नो परिवार पदाधिकारी रहेको आफ्नो गाउँको एक बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेका छन् ।

नेपाली काँग्रेस पार्टीका सक्रिय कार्यकता समेत रहेका सभापति कंडेलले नेपाल रेडक्रस सोसाइटीका सात सिद्धान्त विपरीत अस्वाभाविक कार्य निकै गर्दै आएको र उहाँले अंगाल्नु भएको नीति र व्यवहार निरन्तर सम्प्रेषण हुन्छ नै ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

Most Popular

Recent Comments