२०८२ असार २० गते, शुक्रबार ०८:५८

निर्वाचन आचारसंहितामा एमालेको विरोध

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै नपाएको बताएको छ।
३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको आचारसंहिताप्रति प्रतिबद्धता जनाउने विषयमा मंगलबार निर्वाचन आयोगले दलहरूलाई डाकेको थियो।
तर, त्यहाँ निर्वाचन आचारसंहिताको विषयलाई लिएर होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नभएको भन्दै एमालेका प्रतिनिधि आयोग कार्यालयबाट बाहिरिएका थिए। ‘होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नै भएन। त्यसपछि हामी हस्ताक्षर नगरी बाहिरियौँ,’ एमाले कानुन विभाग प्रमुख रमेश बडालले भने।
आयोगले बोलाएको आचारसंहितासम्बन्धी छलफलमा सहभागी हुन बडाल र एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोगको कार्यालय पुगेका थिए। तर, आचारसंहिताको विषयमा विवाद भएपछि हस्ताक्षर नगरी फर्किएको बडालले बताए।
‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकाले एमालेले आज कुनै हस्ताक्षर गरेन,’ उनले भने, ‘शान्त र उचित वातावरण बनाउँदै छलफल गर्ने र सबै दलको विचार सुनुवाइ गरेर अगाडि बढ्न आयोगलाई आग्रह गर्छु।’

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM