२०८२ असार २१ गते, शनिबार २३:४१

सरकारी कर्मचारीको हत्या अभियोगका फरार व्यक्ति पक्राउ

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, १७ चैत्र/कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका २१ पटेलनगर बस्ने ४० वर्षीय रवीन्द्र पटेल रहेका छन् ।

पटेलले २०६४ साल भदौ ९ गते पर्साको साबिक महुवन गाविस ३ हाल सखुवा प्रसौनी गाउँपालिका ५ बस्ने ४५ वर्षीय कुचन साह कानुलाई गोली हानी हत्या गरेका थिए।

कानुको हत्या गरेको आरोपमा पटेललाई जिल्ला अदालतले २०७१ साल असार १७ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १९ वर्ष ११ महिना २२ दिन कैद सजाय सुनाएको थियो।

सोही बेलादेखि पटेल फरार रहँदै आएका थिए। प्रहरीले उनलाई वीरगंज महानगरपालिका–१४ गण्डकबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु।

पटेल २०६५ साल असोज ३ गते जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत मोहन मैनालीको गोली हानी हत्याकाण्डमा  सलंग्न रहेको  डिएसपी खनालले बताए ।

त्यसैगरी २०६६ साल जेठ १३ गते प्रो–वायोटेक प्रालिमा कार्यरत प्रशासकीय अधिकृत सोचनप्रसाद यादव माथि बम प्रहार भएको घटनामा समेत पटेलको संलग्नता खुलेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए। पक्राउ परेका पटेललाई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमै बुझाइने उनले बताए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM