झाड़ीमा लुकाई राखिएको गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

0

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, १३ चैत्र/ कोशी नहरको झाड़ीमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बलले ७५ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

शनिवार दिउँसो ३ बजेको समयमा सप्तरीको ह.क.न.पा १ स्थित कंकालिनी मन्दिरबाट अन्दाजी २ किमि दक्षिण तर्फ कोशी नहरको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा विशेष सुराकीको आधारमा मजकुर सप्रबल नेपाल नं ६ गण हे क्वा.का सप्रउ प्रदिप खड्का को कमान्डमा खटिएको ४ जना मोबाईल गस्ती र सप्रबल नेपाल सुरक्षा वेश भारदहका सप्रनि किसमान तामाङको कमान्डमा तीन जनाको संयुक्त टोलीले अ.७५ के.जी. गाँजा बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, सप्तरीमा बुझाईएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्