स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ

0

महोत्तरी, १३ चैत्र/
श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी जिल्लाको औराही नगरपालिका १ स्थित बर्दिबास जलेश्वर सडक खण्डबाट प्रहरीले सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धीरजकुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय रमेशकुमार सहनीलाई श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ज ९ प ८२४७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको प्रहरी उपरीक्षक पंगेनीले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्