वीरगंजबाट जनकपुर जान हिंडेको बस सर्लाहीमा दुर्घटना चारको मृत्यु

0

वीरगंज, १३ चैत्र । वीरगंजबाट जनकपुर जान हिंडेको बस सर्लाहीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा रहेको पुलबाट यात्रुबाहक बस खोलामा खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । बसमा २५ यात्रु सवार रहेको प्रहरीको अनुमान छ ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएपछि पुलको बारमा ठोक्किएको थियो । त्यसपछि बार भाँचिदा गाडी खोलामै खसेको थियो ।

मृत्यु भएका यात्रुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका यात्रुहरुको लालवन्दीमा रहेको अस्पतालमा उपचार भईरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्