तीन किलो अफिमसहित एक महिला पक्राउ

0

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १२ चैत्र/

सशस्त्र प्रहरीले तीन किलो प्रतिबन्धित लागुऔषध अफिमसहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।

शनिवार विहान करीब ९:२० बजेको समयमा वीरगंज-१५ भेड़ियाही क्षेत्रबाट बारा जितपुर सिमरा-७ बस्ने सुरेश रामकी श्रीमति ४० वर्षीय रीना देवीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे क्वा. पर्साले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे क्वा. पर्साबाट खटिएको गस्ति टोलीले विशेष सुराकीको आधारमा रिना देवीले नेपालबाट भारततर्फ लुकिछिपि अबैध रुपमा लैजादै गरेको अफिम ६ पोका (तीन के.जी), भारतीय रुपैया दुई सय पचास, नेपाली रुपैया एक सय २० नगद र Benco कम्पनीको C25 मोबाईल एक थान सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्