२०८३ जेष्ठ ७ गते, बिहीबार १४:२३

बैङ्किङ कसुर मुद्दामा वडाध्यक्ष समातिए

बारा, ११ चैत्र/
बारा प्रहरीले कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ।
 
तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।
 
पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्त थापाले जानकारी गराए।
 
जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM