Sunday, July 21, 2024
घरसमाचारनेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान मधेश विभाग प्रमुखमा मनोनित

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान मधेश विभाग प्रमुखमा मनोनित

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, ११ चैत्र/
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानलाई महासंघले मधेश विभाग प्रमुखमा मनोनित गरेको छ ।

नेपाल पत्रकार महासंघको विधानका उद्देश्यहरूको परिपूर्ति र हित प्रबर्द्धन गर्न निर्माण गरेको विभिन्न समितिहरू मध्ये मधेश विभाग प्रमुखको जिम्मेवारी केन्द्रिय सचिव चौहानलाई दिइएको महासंघका महासचिव रोशन पुरीले जनाएका छन् ।

मधेश विभागमा मनोनित अन्य सदस्यहरुमा ब्रहमदेव यादव मोरङ, राजन सिंह जनकपुर, माधुरी महतो पर्सा, मनोज श्रीवास्तव कपिलवस्तु, राकेश मिश्र बाँके र बृजलाल पासवान पर्सा रहेका छन् ।

मधेश विभागले केन्द्रिय कार्य समितिसँग समन्वय गरि आफ्नो कार्यविधि निर्धारण गरेर महासंघ र संगठनको हकहितका साथै समग्र पत्रकारिताको विकास र संबर्द्धनका लागि कार्य गर्ने मधेश विभाग प्रमुख दीपेन्द्र चौहानले चन्द्रसूर्य वाणी प्रतिनिधिलाई बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -