Thursday, July 25, 2024
घरक्राइम चेकविवाहको प्रलोभनमा जबरजस्ती करणी

विवाहको प्रलोभनमा जबरजस्ती करणी

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ८ चैत्र/
विवाहको प्रलोभन देखाएर नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पर्सा प्रहरीले वीरगंजबाट एक युवकलाई पक्राउ गरेको छ ।

पर्साको बहुदरमाई-९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार
जिल्ला पर्सा बस्ने १५ वर्षीया पीडित बालिकालाई विवाह गर्छु भनि झुठ्ठा प्रलोभनमा पारी आरोपित व्यक्तिले नयाँ-नयाँ स्थानमा घुमफिर गराउने बहाना बनाई आफूसँग लगी पटक-पटक जबरजस्ती करणी गर्दै आएकोमा चैत्र ६ गते राती १० बजे निजले पीडितलाई वीरगंज-१५ महानगरपालिका वडा नं. १५ भिष्वा आफ्नै डेरा कोठामा लगी पुन; करणी गरेको भन्ने व्यहोराको पीडितको अभिभावकको जाहेरी दर्खास्तको आधारमा सोमबार साँझ साढ़े चार बजे वीरगंज-१३ बाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -