Sunday, July 21, 2024
घरक्राइम चेकसशस्त्र प्रहरीद्वारा भारी मात्रामा मदिरा बरामद

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा मदिरा बरामद

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०८ चैत्र/ धनुषाबाट सशस्त्र प्रहरीले भारी मात्रामा मदिरा बरामद गरेको छ ।
नेपालबाट भारत तर्फ चोरी पैठारी गरि लैजांदै गरेको अवस्थामा धनुषाको जनकनंदिनी गापा-१ इनर्वा स्थित बोर्डर इलाकाबाट विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयको स्क्वायड टोलीको अपरेशनबाट तीन लाख १० हजार छ सय मूल्य बराबरको मदिरा बरामद गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।

सशस्त्र बाहिनी मुख्यालयबाट ६ जनाको समुहमा खटेका सशस्त्र प्रहरी टोली एवं बोर्डर आउट पोस्ट इनर्वाको थप मद्दत सहितको १५ जनाको टोलीले ६ वटा मोटरसाइकिल तथा सोफी मदिरा २०७ कार्टून, भर्जिन मदिरा ७ कार्टून, black ओके मदिरा ९ कार्टून बरामद गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक मगरले बताउनु भयो ।

भारतको बिहारमा मदिरा जन्य पदार्थको उत्पादन, बेचबिखन एवं सेवनमा प्रतिबन्ध लगाइएको समयमा सीमावर्ती नेपाली बोर्डर क्षेत्रबाट मदिराको चोरी निकासी कार्यमा तीव्रता आएपछि सशस्त्र प्रहरीको टोलीले अवैध निकासीमा निगरानी बढाएपछि तस्करीको क्रममा सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ ६ वटा मोटरसाइकल मदिरा सहित छोडेर चालक फरार भएपछि मोटरसाइकल र मदिरा बरामद गरिएको थियो ।
मदिरा र मोटरसाइकलको आठ लाख ५० हजार मूल्यांकन गरि थप कार्यवाहीको लागि आन्तरिक राजस्व कार्यलयम पठाउने तयारी भैरहेको जनाइएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -