२०८२ मंसिर २१ गते, आईतवार २१:०४

प्रहरी चौकी ड्राईपोर्ट सिर्सिया क्षेत्रबाट रोकिएन तस्करी, सशस्त्र प्रहरीद्वारा गाड़ी सहित सामान बरामद

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ७ चैत्र/ जिल्ला प्रहरी कार्यलय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जनतालाई शान्ति सुरक्षाको अनुभूति गराई तस्करी तथा अवैध कार्य नियन्त्रणमा तदारुकताकासाथ लाग्न आफ्ना मातहतका प्रहरी चौकी लगायत प्रहरी कर्मचारीहरूलाई दिनुभएको निर्देशनलाई प्रहरी चौकी ड्राईपोर्ट सिर्सियाका प्रमुख प्रहरी नायब निरीक्षक अजय कुमार यादवले अटेरी गरी तस्करीको लाइन दिएका छन् ।

प्रहरी नायब निरीक्षक अजय यादव सो चौकीमा प्रमुख भएर आएदेखि नै उक्त क्षेत्र तस्करहरूको लागि सहज बनेको छ । प्रनानि अजय यादवको लाइनबाट हुने तस्करी, अवैध क्रियाकलाप इत्यादिबारे पटक पटक संचारमाध्यममा खबर आएपनि जिल्ला प्रहरी प्रमुखको मौनता पनि आफैंमा ररहष्यमयी बन्दै गैरहेको चर्चा चलिरहेकै समयमा सो क्षेत्रबाट निरन्तर रुपमा भन्सार छलि तस्करीको माध्यमबाट भित्रिएका अवैध सामान सशस्त्र प्रहरीले नियन्त्रण लिने क्रम पनि बढेको छ ।

पछिल्लो पटक प्राप्त खबर अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साका सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोकाको कमाण्डमा खटिएको सात जनाको गाडी मोवाइल टोलीले आइतवार राती पौने ९ बजेको समयमा वीरगंज-२५ अलौं सड़कमा आईसीपीबाट वीरगंज तर्फ आउँदै गरेको GJ 15 XX 9959 नम्बरको भारतीय ट्रक र उक्त ट्रकमा लोड भएको २७ लाख ७५ हजार २९ रुपैयाँ मूल्य बराबरको बिल बीजकभन्दा फरक सामान नियन्त्रणमा लिइएको समाचार प्राप्त भएको छ ।

विशेष सूचनाको आधारमा बरामद गरि ट्रकको मूल्य २५ लाख सामान सहित ५२ लाख ७५ हजार २९ रुपैयाँ मूल्यांकन गरि आवश्यक कार्यवाहिका लागि राजस्व अनुसंधान पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस अघि चैत्र १ गते का दिन पनि जिल्ला प्रहरी कार्यालय पर्साले सो क्षेत्रबाट भन्सार छली ल्याएको चकलेट तथा पाचक लोड रहेका ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रज्ञापनपत्रमा कम मूल्याङ्कन गरी भन्सार तिरी चक्लेट तथा पाचक लगायतका मालवस्तुहरू वीरगंज भित्र्याई हनुमान सप्लायर्समा भण्डारण गर्न लाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज १७ आईसीपी सड़क खण्डमा NL01L6548 नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका चक्लेट तथा पाचकहरू फेला पारी हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ६०लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको थियो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साले पनि फाल्गुण ३० गते सोमबार राती २५ मिनेटको अन्तरालमा
दुई वटा फरक गाड़ीबाट भन्सार राजस्व छलि गरि नेपाल भित्र्याईएका झन्डै ५७ लाख बराबरको सामान सहित सो समान लोड गरिएको पिक अप भ्यान र ट्रक सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको थियो ।

तस्करी र अवैध ओसार पसारमा लाइन दिएर प्रहरी चौकी ड्राईपोर्ट सिर्सियाका प्रनानि यादवले आफूले केहि नदेखे जस्तो गरेर तस्करहरूलाई सहज पारिदिए पछि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा बाटै खटिएका प्रहरी अधिकारीहरूको गस्ती टोलीले तस्करीका सामानहरू धमाधम नियन्त्रमा लिन थालेको देखिन्छ ।

प्रहरी नायब निरीक्षक यादवले सो चौकी प्रमुखको जिम्मेवारी पाएदेखि नै उक्त क्षेत्रबाट जटाधारी, पंडितजी सहित झन्डै एक दर्जन कारोबारीहरूलाई तस्करीको लाइन दिईएको श्रोत बताउँछ ।

सो क्षेत्रबाट भन्सार राजश्व चुहावट गरि दैनिक ५० लाख भन्दा बढीको कपड़ा, मोटर पार्ट्स, रजनीगन्धा, हार्डवेयर, सुर्तीजन्य सामग्री नेपाल भित्र्याईने गरिएको छ ।

त्यस्तै सोही क्षेत्र भएर दैनिक रुपमा पेट्रोलियम ईंधन, मदिरा एवं गाँजा लगायतको सामग्री नेपालबाट भारततर्फ अवैध रुपमा निकासी भैरहेको समाचारहरू प्रकाशमा आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM