Sunday, July 21, 2024
घरक्राइम चेकराजश्व छलि भित्र्याईएका सामान ट्रक र पिकअप सहित बरामद

राजश्व छलि भित्र्याईएका सामान ट्रक र पिकअप सहित बरामद

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०१ चैत्र/ भन्सार राजस्व छलि गरि नेपाल भित्र्याईएका झन्डै ५७ लाख बराबरको सामान सहित सो समान लोड गरिएको पिक अप भ्यान र ट्रक सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन थापाको कमाण्डमा खटेको ९ जनाको टोलीले सोमबार राती ८:२५ बजेको समयमा वीरगंज-२५ स्थित आईसीपी-ड्राईपोर्ट सड़क खण्डबाट आई.सि.पि.बाट वीरगंज तर्फ आउँदै गरेको BR22GA4916 नम्बरको भारतीय पिक अप भ्यान (अन्दाजी मूल्य १० लाख)मा लोड गरिएका २९ लाख २९ हजार आठ सय ८६ रुपैयाँ मूल्य बराबरको कपड़ा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नेपाल नं.१३ गण हेक्वा. पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल कुमार थापाले बताउनु भयो ।

बिलबिजक भन्दा फरक माल सामान निकासी भैरहेको विशेष सूचनाको आधारमा ती सामानहरु पिक अप भ्यानसहित नियन्त्रमा लिई आवश्यक अनुसन्धान एवं थप कार्यवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले चन्द्रसूर्य वाणीलाई बताउनु भयो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा, पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल कुमार थापाको कमाण्डमा खटेको ९ जनाको सशस्त्र प्रहरी टोलीले साँझ ८:४५ बजेको समयमा सोही सड़क खण्डबाट झन्डै २८ लाख मूल्य बराबरको राजस्व छलिका सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो ।

ना ३ ख १८८४ नम्बरको ट्रक र उक्त ट्रकमा लोड भएको बिल बिजक भन्दा फरक रु. चार लाख ९७ हजार तीन सय ६३ रुपैयाँ मूल्य बराबरको Center Hole Samet, Vac Capacitor KonarkSamet र Printed Paper Box र २२ लाख जत्तिको ट्रक समेत गरि २६ लाख ९७ हजार तीन सय ६३ रुपियाँ मूल्यांकन गरि आवश्यक कार्यवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -