Sunday, December 8, 2024
घरसमाचारराजनीतिविजय सरावगी एमाले प्रवेश, राजेशमान सिंहको सपनामा तुषारापात

विजय सरावगी एमाले प्रवेश, राजेशमान सिंहको सपनामा तुषारापात

वीरगंज, २८ फाल्गुण/

मधेश प्रदेशको एकमात्र महानगर वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी एमालेमा
प्रवेश गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन्।

उनलाई अध्यक्ष केपी शर्मा ओलीले वीरगंज पुगेर टिका र फूलमाला लगाईदिएर पार्टी प्रवेश गराएका हुन् ।

मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेका हुन । ओलीले नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य बाबुराम कौशिक र युवा संगठन वाईसीएलका पर्सा इन्चार्ज ओमप्रकाश गुप्तालाई पनि पार्टीमा भित्र्याएका छन्।

सरावगी तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको प्रमुखमा विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीलाई १ सय ९६ मतले पराजित गरेका थिए।

सरावगीले १९ हजार ३ सय ९३ मत प्राप्त गर्दा कांग्रेसका द्विवेदीलाई १९ हजार एक सय ९७ मत ल्याएका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महानगर प्रमुखमा उठेका राजेशमान सिंह श्रेष्ठ १२ हजार १ सय ६५ मतका साथ तेस्रो भएका थिए।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा एमलेबाट मेयर पदमा आफूलाई टिकट पाउने भन्दै राजेशमान सिंह श्रेष्ठ ओली लगायतका नेताको दैलोमा दौड़धूप गरिरहेकै समयमा विजय सरावगीको पार्टी प्रवेश पछि राजेशमान सिंह लगायत उनका समर्थकहरूको आशमा तुषारापात भएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -