Tuesday, June 18, 2024
घरसमाचारसशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको १८ लाख ७३हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको १८ लाख ७३हजार रुपैयाँसहित एक भारतीय पक्राउ

चन्द्रसूर्य समाचारदाता
वीरगंज, २७ फाल्गुण/
सशस्त्र प्रहरीले श्रोत नखुलेको १८ लाख ७३ हजार रुपैयाँसहित एक भारतीयलाई रौतहटबाट नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बहिनीको स्क्वायड टीमको सूचनाको आधारमा स्क्वायड टीम तथा ११ नं. गण रौतहटका सशस्त्र प्रहरी नायब निरीक्षक पंकज कुमार सिंहको कमाण्डको ४ जनाको सशस्त्र प्रहरी टोलीले रौतहटको बौधिमाई-९ सरमुजवाबाट भारत पूर्वी चम्पारण मोतिहारी थाना महुअवा बस्ने ४५ वर्षीय दीप नारायण प्रसादलाई मोटरसाइकल नं. BR05Y 2969 को टूलबक्स, हेलमेट र सीट मुनिबाट स्रोत नखुलेको नखुलेको १८ लाख ७३ हजार रुपैयाँ मोटरसाइकिल सहित बरामद गरि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।

मोटरसाइकिल र नगद सहित १९ लाख ७३ हजार मूल्यांकन गरि थप कार्यवाहीको लागि गौर भन्सारमा बुझाइएको डीआईजी मगरले बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -