वियर कारखानामा पेट्रोल बम बन्दैछ – अनन्त भेटवाल

0

– अनन्त भेटवाल

दिनभर भौंतारिए पश्चात बल्ल एउटा गजवको स्थान प्राप्त भयो। आफुलाई एउटा सुन्दर ‘खैरे’ बनाउने मेरो इच्छा अब चैं पूर्ण हुन्छ कि झैं लाग्यो। सेतो अनुहार, कैलो कपाल अनि निला आँखा भए पश्चात त गोरा भैहाल्छु होला नी…
I WILL LOOK LIKE AN EUROPEAN FOR SURE.
विकल्प पनि त छैन कुनै, बाँच्नुको मात्रै हैन मरणको विशेषता प्राप्त गर्न पनि बाहिरी हाउ भाउ कटाक्ष र आवरणको निकै ठूलो महत्व हुने रहेछ। सन्दर्भ उहि रुस र युक्रेन विचको युद्ध नै हो। युद्ध र नरसंहारको कुनै पनि परिस्थितिमा समर्थन गर्न सकिंदैन र गरिंदैन पनि…. तर के युद्धमा आफ्नो घर,परिवार, शहर, राष्ट्र र जीवन गुमाउनेहरुको रंग, जात तथा धर्मको खासै महत्व हुन्छ र ?? के यो मानवाधिकार, स्वतन्त्रता अनि जीउने नैसर्गिक अधिकार कुनै वर्ग विशेषको वपौति हुन सक्छ र ??
विगत सय वर्षमा यस धरामा अनेकौं युद्धहरु भए र मानव मात्रले अनेकौं वर्वरता खेप्न वाध्य हुनु पर्यो। मानवाधिकारका ठेकेदार बन्नेहरुले यि नरसंहारहरुलाई आ-आफ्नो हिसाबले व्याख्या गरे र गरिरहेका पनि छन्। अहिले रुस-युक्रेन लड़ाई मा पनि एउटा पक्ष बडो उदेक लाग्दो महसुस भईरहेछ…. सम्पूर्ण युरोपियन समाचार माध्यमहरु एकै लयमा गाईरहेका छन्,” यि युक्रेनबाट ज्यान जोगाउन छिमेकी राष्ट्रमा पलायन भईरहेका मानिसहरु त क्रिस्चियन पो हुन्, यिनिहरुको रंग गोरो छ, आँखा निला छन् अनि कपाल कैलो छ…. यिनिहरु हाम्रा आफ्नै मान्छे हुन् जसलाई शरणार्थि भन्न मिल्दैन।”
इराक, सिरिया, अफ़ग़ानिस्तान अनि अरु अनेकौं राष्ट्रहरुमा भएका सैन्य कार्यवाही मा आफ्नो जीवन रक्षाका निमित्त पलायन हुन चाहने ती तथाकतिथ तेस्रो विश्वका मानव मात्रले कतै शरण पाएनन्, कुनै राष्ट्रका सिमा खोलिएन उनिहरुको लागि….. चाहे रुस होस् चाहे अमेरिका, अफ़ग़ानिस्तानलाई कुन अवस्थामा पुर्याएर भागे ती दुवै माहाशक्तिहरु !!
आफु भन्दा निकै टाढा रहेर उक्साइ रहने कुनै नक्कलि मित्रको आडमा आफ्नो छिमेकिसंग झगडा गर्ने उपबुज्रुकको अवस्था कस्तो सम्म हुन सक्छ भन्ने उदाहरण पेश गरेको छ आज युक्रेन ले…. वियर कारखानामा पेट्रोल बम बन्दैछ अनि आम नागरिकलाई ख़तरनाक हतियार बाँडिदैछ… ऊफ्…
*के इराकि वालकको आँखामा आँसु आउन्न ??
*के अफगानी आमा बुवाको सन्तानसंग विछोडको पिडा कम हुन्छ ??
*के सिरियाईहरु परिवारका सदस्य संगै वस्न रुचाउन्नन् ??
*के काला र गहुँगोरा व्यक्तिहरुको राष्ट्र-प्रेम कमसल हुन्छ ??
*के कुनै धर्म मानवताको सेवाका निमित्त वाधक वा पक्षपाति हुन सक्छ ??
**यदि त्यसो हो भने किन करिव असी वर्ष अगाडिका यहुदिहरुको चित्कार अझै पनि ब्रम्हाण्डको कुना कुनामा गुञ्जन्छ??
प्रश्न हजारौं छन्, तसर्थ म त गोरो बनें, कपाल कैलो बनाउन खोजें, आँखा निला भए…. शायद अमर हुन्छु अब…. हजुरहरु नी ??

(भेटवालको फेसबुक वालबाट साभार)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्