तनहुँको सदरमुकाम दमौली बजारमा लागेको आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको हेलिकप्टर लिएर गएका छन्।
दमौली बजारको भोर्लेटार चोकमा आगलागी भएको छ। भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो।
आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरमा पानी लिएर दमौली गएका हुन्।
स्थानीयस्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानीसहितको हेलिकप्टर व्यवस्था गरेर गएका हुन्।

युवकसँग होटेल बसेकी युवती मृत भेटिइन्, तीन पक्राउ
वीरगंज। बाराको निजगढस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला















