Sunday, July 21, 2024
घरक्राइम चेकसशस्त्र प्रहरीद्वारा लागुऔषध सहित एक पक्राउ

सशस्त्र प्रहरीद्वारा लागुऔषध सहित एक पक्राउ

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २२ फाल्गुण/ सशस्त्र प्रहरीले वीरगंजबाट लागु औषध NITRAVET -10 सहित एक जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ लगिरहेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले बताउनु भयो ।

शनिवार साँझ करिब पौने आठ बजेको समयमा बोर्डर आउट पोष्ट अलौबाट सशस्त्र प्रहरी बरिष्ठ हवलदार पदम सिंह महराको कमाण्डमा खटिएको टोलीले नेपालतर्फ लगिरहेको अवस्थामा चितवनको रानी नगरपालिका वडा नम्बर ४ बस्ने १९ बर्षिय प्रदीप पोखरेललाई लागु औषध NITRAVET – 10 सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पोखरेलको साथबाट नौ पाता NITRAVET – 10 बरामद गरिएको जनाइएको छ । निज पोखरेल बरामद गरिएको लागुऔषधसहित अवाश्यक कारवाहीको लागी प्रहरी चौकी सिरिसियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -