Wednesday, May 22, 2024
घरक्राइम चेकनेकाँ अधिवेशन: पर्सामा जनार्दन सिंह क्षेत्री साझा उम्मेदवार

नेकाँ अधिवेशन: पर्सामा जनार्दन सिंह क्षेत्री साझा उम्मेदवार

क्राइमचेक प्रतिनिधि/
वीरगंज, १९ फाल्गुण/ नेपाली काँग्रेसको जारी जिल्ला अधिवेशनमा पर्सा जिल्लामा जनार्दन सिंह क्षेत्री साझा उम्मेदवारको रुपमा देखा परेका छन् ।

बिहीबार हुन लागेको मतदान प्रक्रियाकालागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेपनि नेता जनार्दन सिंह क्षेत्री दुबै पक्षका साझा नेताको रुपमा अध्यक्ष पदमा निर्वाचित हुने चर्चा आम काँग्रेसीहरूमाझ चलिरहेको छ ।

काँग्रेसीहरूमाझ मात्र नभई पर्सेली जनतामाझ सर्वाधिक लोकप्रिय नेताको रुपमा चर्चित नेता क्षेत्री पर्साको सभापति पदमा निर्वाचित भएपछि काँग्रेसले विगतको चुनावमा बेहोर्नु परेको लज्जास्पद क्षति र साख आगामी तीन वटै तहको निर्वाचनमा काँग्रेसले फिर्ता पाउने विश्वास आम काँग्रेसीहरूले लिएका छन् ।

स्पस्ट वक्ता, निडर र आम कार्यकर्ता एवं जनताले खोजेको बेला साथ दिन सदैव तत्पर रहंदै आएका नेता क्षेत्रीले वरिष्ठ नेता रमेश रिजालको समूह र समर्थनबाट जिल्ला सभापति पदमा उम्मेदवारी दिएसँगै अर्को समूहबाट सभापति पदको उम्मेदवारी दिएका श्याम पटेल फिक्का परेका छन् ।

जुनसुकै टीमबाट पटेलको उम्मेदवारी अन्य पदमा परेको भए उनले पनि बाजी मार्ने संभावना थियो तर पटेललाई बलिको बोको बनाइएको अर्काथरी काँग्रेसीहरूबीच चर्चा छ ।

यता अल्पसंख्यक अपांग आरक्षित एक जना सदस्य पदको लागि उम्मेदवारी दिएका दुई जनामध्ये पण्डित पुरुषोत्तम दुबे बलियो देखिएका छन् ।

ज्योतिष विद्या, कर्मकाण्ड, वास्तु इत्यादिको माध्यमबाट पर्सेली यजमानहरूलाई लाभान्वित गराउँदै आएका ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेले पनि रमेश रिजाल र जनार्दन सिंह क्षेत्री समूहबाट जिल्ला सदस्य पदमा उम्मेदवारी दिएपछि अल्पसंख्यक अपांग कोटाबाट आएका अर्का नेता सन्तोष सिंह कमजोर उम्मेदवारको रुपमा देखा परेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -