२०८३ बैशाख २६ गते, शनिबार १६:५३

काँग्रेस अधिवेशन: अनिल रूँगटाको अनावश्यक हस्तक्षेप, निर्वाचन अधिकृत केसी विवादमा

चन्द्रसूर्य समाचारदाता।
वीरगंज, १८ फाल्गुण/ व्यपारिक पृष्ठभूमिबाट राजनीतिमा होमिएका अनिल रूँगटा काँग्रेसमा बसेर काँग्रेसलाई नै सिध्याउने खेलमा लागेको एक पछि अर्को घटना सार्वजनिक हुन थालेका छन् ।

पछिल्लो पटक हामीलाई प्राप्त खबर अनुसार नेपाली काँग्रेसको जारी पर्सा जिल्ला अधिवेशनमा समेत रुंगटाले यस्तै गैरराजनीतिक व्यवहार प्रदर्शन गर्दा अधिवेशन भांडिने संकेत देखा परेको छ ।

 

रूंगटाले जिल्ला अधिवेशनका लागि अन्तिम समयसम्म मनोनयन पत्र दर्ता नगरेका आफ्ना खल्तीका एकजना उम्मेदवार खड़ा गरेपछि निर्वाचन प्रक्रिया भांडिएको हो भनें पार्टी कार्यालयमा तनावको स्थिति सिर्जना भएको हो ।

सो अधिवेशनको लागि तीन सदस्य मुस्लिम आरक्षित सिटको लागि चार जना पुरुष र दुई जना महिला गरि ६ जनाको मनोनयन पत्र निर्धारित समयमैं दर्ता भयो ।  निर्वाचन समितिले निर्धारण गरेको मनोनयन पत्र दर्ता गर्ने समय सकेपछि अन्तिम नामावली प्रकाशन गर्दा  महबूब अलि (शेरू), फजिल मियाँ तेली, शबनम खातून, जाकिर हुसैन, शेख मजहर आलम र रहम्बानु मियाइन सहित ६ जनाको नाम प्रकाशन गरेर फिर्ता लिने समय निर्धारण गरि सूचना टांस गरेको थियो ।

शुरुमा प्रकाशित नामावली

तर बुधवार बिहान केहि नेताहरुले निर्वाचन अधिकृत नरेन्द्र केसीलाई फोन गरेर १ नम्बरबाट महबूब अलि शेरूको नाम हटाएर हबिब मियाको नाम राख्न भनेका थिए तर शेरूले विरोध गरेपछि हबिब मियाको नाम ७ नम्बरमा राखेर ११ बजे पुनः अन्तिम नामावली प्रकाशन गरेपछि पर्सेली काँग्रेसीहरू आक्रोशित भएका छन् ।

नेताहरुको दबाव र चलखेलपछि प्रकाशित नामावली

निर्वाचन अधिकृत केसीले मालदार नेता अनिल रूँगटाको प्रभावमा परेर मनपरि ढङ्गले निर्वाचन आचारसहिंता विपरित मतदाताको नाम थप्ने कार्य गरेपछि विरोध हुन लाग्दा पार्टी कार्यालयमा रहेको निर्वाचन अधिकृतको कक्षमा ताला लगाएर निर्वाचन समितिका सबै जना फरार भएका छन् ।

यस विषयमा निर्वाचन अधिकृत नरेन्द्र केसीसंग बुझ्दा हबिब मियांको उम्मेदवारी निर्धारित समयमैं परेको तर प्रिन्ट गर्ने बेलामा कम्प्यूटर आपरेटरले नाम छुटाएको प्रतिक्रिया दिए ।

सूचना

यता पार्टीको आन्तरिक चुनावमा रूँगटाले पैसा र पावरको दुरुपयोग गरेर काँग्रेसीहरूबीच नै फाटो, वैमनस्यता र द्वन्द्व ल्याउने घृणित एवं गैरराजनीतिक व्यवहार निरन्तर रुपमा प्रदर्शन गरिरहेको देखेर आम काँग्रेसीहरू पर्सामा काँग्रेसको अनिश्चित भविष्य देखेर चिन्तित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM