Sunday, July 21, 2024
घरक्राइम चेकसशस्त्र प्रहरीद्वारा गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १६ फाल्गुण/
सशस्त्र प्रहरीले पर्साको ठोरी गाउँपालिका क्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको छ ।

पर्साको ठोरी-४निर्मलवस्ती बिओपी सुरुचि विजयवस्तिबाट सशस्त्र प्रहरी नायब निरीक्षक श्याम बहादुर मग्रातीको कमाण्डमा खटेको ७ जनाको टोलीले निर्मलवस्तीबाट ब्रम्हनगर तर्फ जाँदै गरेको मो.सा.लाई चेकजाँच गर्न खोज्दा ५.३५० केजी गाँजा फाली व्यक्ति भागेको हुँदा उक्त गाँजा नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण, हे.क्वा. पर्साका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतले चन्द्रसूर्यलाई जानकारी गराउनु भयो ।

बरामद गरिएको गाँजा आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको डीएसपी बस्नेतले बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -