Thursday, July 18, 2024
घरसमाचारघुसवापत लिएको नगद र चेकसहित नगर प्रमुख पक्राउ

घुसवापत लिएको नगद र चेकसहित नगर प्रमुख पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रप्रसाद पटेल ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिंदालिंदै मेयर पटेलसहित उनका सहयोगी अशोकप्रसाद पटेल, योजना शाखाका खरिदार मुकेश पटेल र सहलेखापाल प्रदीप कुमार यादवलाई आइतबार नियन्त्रणमा लिएको हो ।

उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई ५ लाख रुपैयाँ घुस माग गरेको सूचना प्राप्त भएपछि अख्तियारबाट खटिई गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

२ लाख ५ हजार नगद र २ लाख ५० हजार रुपैयाँको चेकसहित अख्तियारको टोलीले ५ लाख घुसको रकम मेयरको कार्यकक्षबाटै ४ जनालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -