काँग्रेस अधिवेशन: वीरगंज नगर सभापतिमा दीपेन्द्र चौहानद्वारा मनोनयन दर्ता

0

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १३ फाल्गुण/ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन लागेको वीरगंज महानगरको सभापति पदमा दीपेन्द्र चौहानले उम्मेदवारी दिएका छन् ।

१२ गते ११ बजेदेखि १३ गते १ बजेसम्म मनोनयन पत्र दर्ता गराउने निर्वाचन समितिको निर्धारित समय सीमा भित्र रहेर पहिलो नम्बरमा चौहानले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

पत्रकारिता पेशाको माध्यमबाट पत्रकारहरूको नेताको रुपमा लामो समयदेखि विभिन्न पदबाट समाज र राष्ट्रमा देखिएका समस्याहरू र तिनको समाधान गर्ने तरीकाहरू बारे एकदम नजिकबाट अध्ययन, अनुभव र अगुवाई गर्दै आउनु भएका चौहान नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वीरगंज महानगरको अधिवेशनमा अध्यक्ष पदमा निर्वाचित भएपछि काँग्रेस पर्साको अवस्थामा सुधार हुने विश्वास लिइएको छ ।

वीरगंज महानगरको अध्यक्षका लागि आकांक्षी देखिएकाहरूमध्ये हालसम्म सबभन्दा बढ़ी योग्य, क्षमतावान एवं लोकप्रिय उम्मेदवार दीपेन्द्र चौहान ने देखिएकोले पर्सेली काँग्रेसीहरू चौहानलाई नै वीरगंज महानगर अध्यक्ष बनाउनु पर्ने मनसाय व्यक्त गरिरहेका छन् ।

पार्टी भित्र अवैध र अस्वस्थ प्रतिष्पर्धा, जालझेल एवं षड्यन्त्र, गुटउपगुट वा क्षणिक स्वार्थमा र आर्थिक चलखेलमा नेताहरु अल्झिएर आफ्नो खल्तीको उम्मेदवारलाई अगाड़ी सारेपछि चौहानको जीत लगभग निश्चित जस्तै माहौल बनेको देखिएको छ ।

यसैबिच निर्वाचन समितिले मनोनयन दर्ताको समयावधि एक घण्टा थप गरि २:३०बजेसम्म कायम गरिएको निर्वाचन अधिकृत कमल अधिकारीले बताउनु भयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्