वीरगंज नगर सभापतिमा दीपेन्द्र चौहानको उम्मेदवारीले काँग्रेसीहरू उत्साहित

0

वीरगंज ।  नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको बाँकी रहेको पर्सामा  नगर, महानगर, गा.पा.को अधिवेशन फ़ाल्गुण १४ गते र  जिल्ला अधिवेशन १६ गते हुने तय भएको छ ।

१४ गते हुने नगर अघिवेशनको लागि वीरगंज महानगर सभापति पदमा दीपेन्द्र चौहानले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । चौहानको उम्मेदवारी घोषणा पछि काँग्रेसका इमान्दार र नयाँ एवं पुराना सबै पुस्ताका नेताहरु उत्साहित बनेका छन् ।

यसैबीच उम्मेदवारी घोषणा गर्नु भएका दीपेन्द्र चौहानले नेपाली काँग्रेस पार्टीलाई वीरगंज र पर्सा जिल्लामा पुनः काँग्रेसको गढको रुपमा स्थापित गर्ने एजेण्डा रहेको बताउनु भएको छ ।

चन्द्रसूर्य वाणी प्रतिनिधिसँग एक संक्षिप्त कुराकानीको क्रममा चौहानले कुनै बेला नेपाली काँग्रेसको गढको रुपमा रहेको पर्सा जिल्लालाई पुनः सोही रुपमा स्थापित गराउने मुख्य एजेण्डा सहित नगर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको बताउनु भयो । उनले आफू महानगर सभापतिमा निर्वाचित भएपछि गुट-उपगुटमा विभाजित कार्यकर्ताहरूलाई प्रशिक्षण दिलाएर पार्टीको निष्ठा र सिद्धान्त प्रति प्रतिबद्ध बनाउने योजना समेत रहेको बताउनु भयो ।

पार्टीको कुनै कार्यालय, बैंक खाता इत्यादि नहुँदा आर्थिक चलखेल हुने, पार्टीको बैठक र कार्यक्रम छिन्न भिन्न हुने जस्ता समस्याहरूले गर्दा अव्यवस्थित बनेको पार्टी र संगठनलाई चुस्त दुरुस्त बनाउन कार्यालयको स्थापना गरि पार्टीभित्र आर्थिक चलखेल रोक्न तत्काल बैंक खाता खोलेर आर्थिक पक्षलाई पारदर्शी बनाउने योजना समेत रहेको नगर सभापतिका प्रत्यासी चैहानको योजना रहेको छ ।

उहाँले बेरोजगार युवाहरुको समुहलाई शीपमूलक प्रशिक्षण दिलाई रोजगार उपलब्ध गराउन सम्बन्धित निकायसँग पहल गर्ने पनि योजना रहेको बताउनु भयो ।

त्यस्तै महानगर एवं जिल्ला भित्रका साझा समस्या समाधान गर्न विभिन्न राजनीतिक दल तथा नेता कार्यकर्ताहरूसँग सहकार्य गरि पहल गर्नेलगायतका योजना समेत रहेको वीरगंज महानगर उम्मेदवार चौहानले बताउनु भयो ।

झन्डै तीन दशक देखि पत्रकारिता र दुई दशकदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेका चौहान नेपाल पत्रकार महासंघको पर्सा जिल्ला अध्यक्ष, केन्द्रिय पार्षद, प्रदेश २ को प्रथम अध्यक्षमा सफल कार्यकाल पूरा गरिसकेपछि यतिखेर नेपाल पत्रकार महासंघको निर्वाचित केन्द्रिय कार्यसमिति सचिवको जिम्मेवारीमा छन् ।

पत्रकारिता पेशाको माध्यमबाट पत्रकारहरूको नेताको रुपमा विभिन्न पदबाट समाज र राष्ट्रमा देखिएका समस्याहरू र तिनको समाधान गर्ने तरीकाहरू बारे एकदम नजिकबाट अध्ययन, अनुभव र अगुवाई गर्दै आउनु भएका चौहान नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वीरगंज महानगरको अधिवेशनमा अध्यक्ष पदमा निर्वाचित भएपछि काँग्रेस पर्साको अवस्थामा सुधार हुने विश्वास लिइएको छ ।

वीरगंज महानगरको अध्यक्षका लागि आकांक्षी देखिएकाहरूमध्ये हालसम्म सबभन्दा बढ़ी योग्य, क्षमतावान एवं लोकप्रिय उम्मेदवार दीपेन्द्र चौहान ने देखिएकोले पर्सेली काँग्रेसीहरू चौहानलाई नै वीरगंज महानगर अध्यक्ष बनाउनु पर्ने मनसाय व्यक्त गरिरहेका छन् ।

पार्टी भित्र अवैध र अस्वस्थ प्रतिष्पर्धा, जालझेल एवं षड्यन्त्र, गुटउपगुट वा क्षणिक स्वार्थमा र आर्थिक चलखेलमा नेताहरु नअल्झिएमा चौहानको जीत लगभग निश्चित जस्तै माहौल बनेको देखिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्