Tuesday, October 15, 2024
घरक्राइम चेक“eSewa मा बोनस रकम प्राप्त हुन्छ भनि ठगि गर्ने आलम र साह...

“eSewa मा बोनस रकम प्राप्त हुन्छ भनि ठगि गर्ने आलम र साह पक्राउ

वीरगंज, ८ फाल्गुण ।
eSewaले बोनस बाँड्दैछ भन्दै ठगी गर्ने दुई युवालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।

पर्सा प्रहरीको सहयोगमा महानगरीय अपराध महाशाखा काठमाण्डौको प्रहरी टोलीले आइतबार पर्साको वीरगंजबाट बाराको महागढ़ीमाई नपा वडा नं. २ घर भई हाल वीरगंज बस्दै आएको सर्फराज आलम र रौतहट माधव नारायण नपा वडा नं. २ घर भई वीरगंज बस्दै आएका सुभम साहलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका आलम र साहले e-Sewaले बोनस बाँड्दै छ आफ्नै e-Sewaमा ५० हजार रकम जम्मा गरेमा २,५००।– बोनस पाईन्छ भनि ९८२९४०२०४९ नं.बाट e-Sewaको कर्मचारी बोलेको भनी आएको फोनको विश्वासमा परी पिडितले रकम जम्मा गरेको र बोनस प्राप्त गर्नको लागी कुराकानी गर्दा विभिन्न कुराहरु गरी विश्वासमा पारी पीडितको को e-SewaID को OTP प्राप्त गरे पश्चात बैंक खातामा समेत पहुँच बनाई सात लाख २७ हजार तीन सय ४८ रुपैयाँ ठगि गरेको भन्ने उजुरी परेपछि महानगरीय अपराध महाशाखा, काठमाण्डौले अनुसन्धान गर्दा उक्त ठगी गरेको पाएको थियो ।

ठगी गरिएको रकमले निज साह र आलमले tiktok मा बिक्रीको लागी राखिएको Iphone 13 Pro Max एक लाख ९० हजारमा किन्ने सहमती गरी पीड़ितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाईल वीरगंजबाट पाउने गरी पठाउन लगाएको बुझिएको प्रहरीले जनाएको छ ।

यसैगरी ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाइएको पाईएको र सो को अनुसन्धान पश्चात निजहरूलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाही अगाड़ी बढ़ाईएको प्रहरीले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -