Tuesday, May 21, 2024
घरसमाचारहिन्दू परिषद नेपालको वडा समिति गठन

हिन्दू परिषद नेपालको वडा समिति गठन

वीरगंज, ७ फाल्गुण/
राधेमाई मन्दिर वीरगंजमा हिन्दू परिषद नेपालद्वारा युवा भेला एवं अन्तर्क्रिया कार्यक्रम सम्पन गरेको छ।

भेलाले सोनु कुशवाहाको नेतृत्वमा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ । कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, केन्द्रीय सदस्यहरु सुरेश साह कानु, अधिवक्ता विनोद प्रसाद कुर्मी, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, वीरगंज नगर अध्यक्ष प्रमोद सिंह, हिन्दूवादी युवा अभियन्ता अखलेश्वर द्विवेदी लगायतले नवगठित बड़ा कमिटी लाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गरेका थिए ।

प्रमुख अतिथि रहेका हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलले भने हिन्दू राष्ट्र नेपालको माहोल बनिसक्यो अब तपाई हामी आ-आफ्नो तर्फ बाट नेतृत्वदायी भूमिमा निर्वाह गर्ने बेला आएको बताए । सम्पूर्ण नेपाली लाई एक सूत्रमा बाधने सेतु हो हिन्दू राष्ट्र नेपाल ।

आज सामाजिक र धार्मिक कार्य गरी लाखौ नेपाली लाई हिन्दू परिषद नेपालले जोड़ने कार्य गरेको छ पटेल भने।

परिषद कुनै राजनीतिक दलको भातृ संगठन होइन,न कुनै राष्ट्र बाट संचालित छ, यो केवल रास्ट्रवादी र सनातन धर्मप्रेमी नेपालीहरुको साझा संगठन हो।

नवगठित बड़ा न १३ को अध्यक्षमा सोनू कुशवाहा, उपाध्यक्ष अंकेश पाण्डे, सचिव प्रीतम गुप्ता, कोषाध्यक्ष राज सरार्फ, सह-सचिव नमित कुशवाहा, कार्य समिति सदस्यहरुमा अजित चौरसिया, दीपक राउत,राजन गिरी,संदीप महतो,बिशेष साह,सोनू पटेल,सुशील पटेल, बिकी सरार्फ,आयुष वर्णवाल र सल्लहकार हरुमा लवकुश सिंह, अजय सिंह रहेका छन।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -