का.मु.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनालाई प्रवक्ताको जिम्मेवारी

0

काठमाडौं, २ फाल्गुण।
सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिईएको छ ।

यसअघि प्रवक्ता रहनु भएका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाउनु भएपछि तिउसीनालाई सो जिम्मेवारी दिईएको हो ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उहाँलाई दिइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्