Sunday, December 8, 2024
घरसमाचाररौतहट घटनाको विरोधमा हिन्दू परिषदको प्रदर्शन

रौतहट घटनाको विरोधमा हिन्दू परिषदको प्रदर्शन

वीरगंज, २६ माघ ।
रौतहटको ईशनाथ नगरपालिका वडा नं. ५ लक्ष्मीनियामा हिन्दू समाजमाथि भएको आक्रमणको विरोधमा हिन्दू परिषद नेपालले देशभरी प्रर्दशन गरेको छ।

सरस्वती माताको मूर्ति विसर्जन गर्न गईरहेको बेला मुस्लिम समुदायद्वारा हिन्दूहरु माथि सांघातिक आक्रमण र सरस्वती माताको मूर्तिमाथि जूता चपल प्रहार गरेका थिए ।

सो घटनामा दर्जनौ हिन्दूहरु घाइते भएका छन । हिन्दू परिषद नेपालले दोषी माथि कारवाही गर, इस्लामिक जिहाद मुर्दाबाद, दलाल नेताहरु मुर्दाबाद, हिन्दू हिन्दू भाई भाई, ओमकार परिवार एक होऔ, हिन्दूहरु धर्म संस्कृति मासन पाइदैन, मुस्लिम आतंकवाद मुर्दाबाद, नालायक सरकार मुर्दाबाद, जिहादी मानसिकता मुर्दाबाद लगायतको नारा सहित प्रर्दशन गरेको थियो ।

वीरगंजमा भएको विरोध कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रीय सदस्यहरु उमेश साह कानु, किरण अग्रवाल, बिनोद प्रसाद कुर्मी, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, उपाध्यक्ष वीरेन्द्र गुप्ता, सल्लहकार जोगिन्द्र कलवार सहित परिषदका विभिन्न तह तप्काका एक दर्जनजत्तिको सहभागिता रहेको कार्यक्रम हिन्दू परिषद नेपाल वीरगंज महानगरपालिका अध्यक्ष प्रमोद सिंहको सभापतित्वमा सम्पन भएको थियो ।

यसैगरी काठमाण्डौको माइतिघर मण्डलमा केन्द्रीय उपाध्यक्ष सुनीता रौनियारको अगुवाई भएको कार्यक्रममा परिषदका केन्द्रीय सदस्य पिंकी महासेठ, उपत्यका कमिटी उपाध्यक्ष रामस्वार्थ पटेल सहितको सहभगी रहको थियो । रौतहट घटनाको सम्बन्धमा हिन्दू परिषद नेपालद्वारा आज बीरगंज, कलैया, गौर, मलंगवा, जनकपुरधाम, जलेश्वर, लहान, राजविराज, इनरवा, बिराटनगर, हेटौडा, लुम्बिनी, नेपालगन्ज, पोखरा र काठमाण्डौमा विरोध प्रदर्शन गरेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -