सशस्त्र प्रहरीद्वारा भारी मात्रमा गाँजा बरामद

0

चन्द्रसूर्य समाचारदाता
वीरगंज, २५ माघ।
सशस्त्र प्रहरीले बाराबाट भारी मात्रमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

मंगलवार राती ८:५५ बजेको समयमा बोर्डर आउट पोस्ट गोलागंज बारा एवं सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका स्क्वायड टोलीले बाराको सुवर्ण गाउँपालिका-७ सन्फूलवा क्षेत्रबाट एक सय १२ किलोग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।


८ वटा पोकामा माथिबाट प्लासिटकको बोरामा बेरेर राखिएको अवस्थामा सो परिणामको गाँजा बरामद गरिएको डीआईजी मगरले चन्द्रसूर्यलाई बताउनु भयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्