अमित राज द्वैध नागरिक भएको पोल खुल्यो

0

वीरगंज । ग्रीन लाइन सेन्टर प्रालिका संचालक ओम प्रकाश अग्रवाल र उनका परिवार दोहोरो नागरिकता भएको फाइदा उठाउँदै १ अरब भन्दा बढ़ी जनताको निक्षेपलाई चुना लगाएर भागेको वर्तमान सन्दर्भमा पुनः एक दोहोरो नागरिकको चर्तिकला बाहिर आएको छ ।

शुद्ध बिहारी कलवार जातका आफूलाई अमित राज भन्ने व्यक्तिसँग दोहोरो नागरिकता रहेको छ । उनले नेपालमा विभिन्न बैंकसँग कारोबार गर्दै इलाम, काठमाण्डौ र पर्सा जिल्लामा आफ्नो व्यापार चलाई रहेका छन् ।

नेपाली बुवा र भारतमा सरकारी जागिरे आमाका सन्तान अमित राजले झूठो विवरण पेश गरि नेपाली नागरिकता लिएको पोल खुलेको छ ।

वंशज नेपाली नागरिकलाई नपत्याउने नेपाली बैंक २०६३ सालका गैर नागरिकहरूमाथि अरबौंको लगानी गरेर सोझा निमुखा जनताको निक्षेपमाथि कमिशनको लोभमा लगानी गरिरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्