२०८३ जेष्ठ ७ गते, बिहीबार १७:२७

सशस्त्र प्रहरीद्वारा भारी परिमाणमा गाँजा बरामद

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १३ माघ/
सशस्त्र प्रहरी भारी परिमाणमा अवैध लागु औषध गाँजा बरामद गरेको छ ।

जिल्ला महोत्तरीको महोत्तरी गाउँपालिका-४ रानी रतवाडा इलाकामा विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मूख्यालयबाट खटिएको टोली तथा थप मद्दतको लागि बोर्डर आउट पोष्ट जलेश्वर तथा जलेश्वर वेशबाट खटिएको संयुक्त सशस्त्र प्रहरी टोलीले बिहीबार राती ८ः५० को समयमा एक क्वीन्टल ६० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनुभयो ।

स्थानीय लक्ष्मी चौधरीका छोरा गणेश चौधरीको कुखुरा फर्म पछाडी परालको टौवा (कुन्यू)मा लुकाइ राखेको अवस्थामा १६ वटा पोकामा प्रतिबन्धित लागु औषध गाँजा लुकाइ राखेको अवस्थामा बरामद गरि नेपाल प्रहरीलाई बुझाउने तयारी भैरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक मगरले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM