२०८२ माघ १७ गते, शनिबार १२:२०

७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस: तीन अरब भन्दा बढ़ी राजस्व योगदान दिने जगदम्बा स्टिल उद्योग सम्मानित

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १२ माघ।
७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगंजले विविध कार्यक्रमको आयोजना गर्दै मनाएको छ ।


“डाटा संस्कृतिको आत्मसात र डाटा पर्यावरण निर्माणद्वारा भन्सार विद्युतीय परिवर्तनको अभिबृद्धि” मूल नाराका साथ बुधवार सुख्खा बन्दरगाह भन्सार कार्यालय परिसरमा एक एक कार्यक्रमको आयोजना गरि आर्थिक वर्ष २०७७/०७८ मा सबभन्दा बढ़ी राजश्व योगदान गर्ने उद्योग, ट्रेडिंग कम्पनी र संस्थाहरुलाई सम्मानित गरिएको थियो ।

तीन अरब १७ करोड़ ४० लाख ६३ हजार सात सय ६७ रुपैयाँ राजस्व योगदान दिएवापत श्री जगदम्बा स्टील प्रालि उद्योगलाई र ९८ करोड़ ५० लाख ३३ हजार दुई सय ५७ रुपैयाँ राजस्व योगदान दिने श्री ग्लोबल ट्रेडिंग कन्सर्न प्रालिलाई भन्सार विभागका तर्फबाट सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा. लाल बहादुर खत्रीले कदर पत्रबाट सम्मानित गर्नु भयो ।

त्यसैगरी भन्सार कार्यालयको जाँच पासको भूमिकमा क्षेत्रगत रुपमा अन्य निकायहरूको समेत उल्लेखनीय भूमिका रहने गर्दछ भन्दै जाँचपासमा यार्ड व्यवस्थापन, सुरक्षा, बैंकिङ सेवा, खाद्य तथा विरूवाको स्वास्थ्य परीक्षणलगायतका कार्य सम्पादनमा सो भन्सार परिसरबाट दैनिक सेवा प्रवाह गर्ने संस्थाहरु इन्टरमोडल यातायात विकास समिति शाखा कार्यालय सिर्सियाका शाखा अधिकृत तर्कराज जोशी, सशस्त्र प्रहरी बल बीओपी सिर्सियाका प्रहरी निरीक्षक सम्राट कुमार भण्डारी, एभरेष्ट बैंक शाखा कार्यालय सिर्सियाका प्रबंधक दिनेश आचार्य, प्लान्ट क्वारेन्ट कार्यकालयका प्रबिधिक सहायक राम नरेश साह र प्रिष्टिन भ्यालिका अतुल शर्मालाई सो समारोहमा सम्मानित गरिएको सूचना अधिकृत सन्तोष कुमार न्यौपानेले बताउनु भयो ।

त्यस्तै लामो समयदेखि उक्त भन्सार कार्यालयमा भन्सार एजेन्ट प्रतिनिधिको रुपमा भन्सार जाँचपासमा सहयोगीको भूमिका निर्वाह गरेवापत कोटीदेव् उलन उद्योगका प्रतिनिधि हृदय साह एवं पशुपति ट्रांसपोर्ट नेपालका प्रतिनिधि सागर न्यौपानेलाई कदर पत्रसहित सम्मानित गरिएको थियो ।

त्यस्तै सो समारोहमा कार्यकालयमा उत्कृष्ट एवं कर्तव्यनिष्ट सेवा प्रदान गरेबापत नासु ज्ञानु भण्डारी, नासु श्याम कुमार मगर र कार्यालय सहयोगी राजेश दास पटेरालाई पनि सम्मनित गरिएको सूचना अधिकारी न्यौपानेले चन्द्रसूर्यलाई बताउनु भयो ।

प्रमुख भन्सार अधिकृत डा. लालबहादुर खत्री, भन्सार अधिकृत भुपेन्द्र कुमार कार्कीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिनु भएको सो समारोहको कार्यक्रम संचालन भन्सार अधिकृत युगल किशोर गौतमले गर्नु भएको थियो ।

कोभीड़ महामारी संक्रमणको जोखिमका कारण आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्दै एकदम न्यून व्यक्तित्वको सहभागितामा सो समारोह सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM