विपद व्यवस्थापन समितिद्वारा पर्सामा न्यानो लुगा वितरण

0

चन्द्रसूर्य प्रतिनिधि/
वीरगंज, १० माघ ।
जाड़ोबाट प्रभावितहरूलाई राहत स्वरूप न्यानो लुगा वितरण गरिएको छ ।

विपद व्यवस्थापन समिति पर्साको सहयोगमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा एवं सामुदायिक प्रहरी सेवाकेन्द्र छपकैयाले वीरगंज-२ श्रीराम हलमा स्थानीय विपन्न एवं जेष्ठ नागरिकलगायत १८० जना व्यक्तिहरूलाई कम्बल, टोपी र बड़ी वार्मर (हाईनेक) प्रदान गरिएको विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनु भयो ।

जिल्लाभरीका १३ सय जना विपन्न, जेष्ठ नागरिक एवं जाड़ो बाट प्रभावित हुन सक्ने व्यक्तिहरुलाई राहत स्वरूप न्यानो लुगा वितरण गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो ।

जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालयको समन्यवयमा न्यानो लुगा वितरण कार्य भैरहेको बताइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्